मङ्लबार, बैशाख ११, २०८१

कोभिड महामारीको भयावह स्थिती: पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोभिड संक्रमण

काठमाडौं माघ ४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले १७ हजार ८७२ जनाको पीसीआर परीक्षणको क्रममा ८ हजार ७३० जना र ४ हजार ९५६ एन्टिजेन परीक्षणको क्रममा १ हजार ५२८ संक्रमित पहिचान भएको जनाएकोछ ।

त्यस्ते आज पहचिान भएका संक्रमितसंगै नेपालमा कोभिड सक्रिय संक्रमितको सख्या ह्वात्तै बढेर ३९ हजार ४४ पुगेका छन् । यसवीचमा जम्मा ५६२ संक्रमित उपचार पछि डिस्चार्ज भएका छन भने एक जनाको ज्यान गएको छ ।