शुक्रबार, बैशाख १४, २०८१

कोभिड नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव सहितको ध्यानाकर्षण 

काठमाडौं  माघ १  ,   प्रमुख प्रतिपक्ष दल नेकपा  एमालेले कोभिड नियन्त्रणका लागि सरकारलाई २२ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र  बुझाएको  छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

२२ बुँदे ध्यानाकर्षण पत्रमार्फत  एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन आग्रह गरिएको छ ।

यस्तोछ   प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे  ध्यानाकर्षणपत्रमा उल्लेखित सुझावहरु :

१. ​जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्ने ।

२. ​खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउने । राज्यका निकाय र कूटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने ।

३ . ​तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी संचालन गर्नुपर्ने ।

४. ​थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने । साथै अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने ।

५. ​स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने ।

६. ​राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने ।

७. ​समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने । सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने ।

८. ​पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने ।

९.​बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा संचालन गर्ने ।

१०. ​आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने ।

११. ​औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने ।

१२. ​पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, साँस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने ।

१३. ​अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने ।

१४.​​सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।

१५. ​​बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने ।

१६.​निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापनसम्बन्धी जनचेतना जागृत गर्ने ।

१७. ​राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने ।

१८. ​कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार (गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त) लाई पुनस्र्थापनाको व्यवस्था गर्ने ।

१९. ​​स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउने ।

२०.​दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने ।

२१.​अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने । वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने ।

२२.​विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने ।

 

योगेश भट्टराई

प्रमुख

स्वास्थ्य तथा जनसंख्या विभाग