मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं उपत्यका कोभिड संक्रमितको रेड जोन

काठमाडौं पुस ३०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पहिचान भएका ५ हजार ८७ जनामा कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र २ हजार ६०७ जना थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंका १ हजार ९१३, भक्तपुरका ३१७ र ललितपुरका ३७७ जना रहेका छन ।

त्यस्तै देशभरका १८ हजार २३५ सक्रिय संक्रमितको पहिचान हुँदै गर्दा उपत्यकामा मात्रै सक्रिय संक्रमितको सख्या १० हजार ८११ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका डेटा अनुसार पछिल्लो समय उपत्यका कोभिड संक्रमितको रेड जोन बन्दै गएको अवस्था छ ।

साथै मन्त्रालयले अफ्नो डेटा अपडेट गर्दै दिएको जानकारी अनुसार काठमाडौंका ७ हजार ६२५, ललितपुरका १ हजार ९३५ तथा भक्तपुरका १ हजार २५१ संक्रमितमा सक्रिय संक्रमण रहेको छ ।