बिहिबार, बैशाख ६, २०८१

काँग्रेसले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई आठ बुँदे माग सहितको ध्यानाकर्षण पत्र

काठमाडौ पुस २९,
नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आठ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडालाई बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा मुलत पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमसंगै परीक्षणको दायरा बढाई समयमै कोभिड नियन्त्रण गर्नका लागि तत्काल पहल गर्न माग गरिएको छ ।

त्यस्तै कोभिडको नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दैं देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्न माग गरिएकोछ ।

साथै बृद्व, बृद्वा–दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्न, नेपालमा तत्काल सबै नागरिकसाम खोप–बुष्टर पुर्याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप÷बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पु९याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोभिढ रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोभिड सुविधा÷राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोभिड बीमाको व्यवस्था गर्न ,सिमानाकामा हेल्थ डेक्स, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्न , कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने र गराउने व्यवस्था मिलाउन र कोभिड भाइरसलाई फैलन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न÷गराउन, कडाईका साथ पहल गर्ने–गराउन माग गरिएको ।