बिहिबार, बैशाख १३, २०८१

ओमिक्रोनको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन प्रम देउवाको निर्देशन

यहि रफ्तारमा संक्रमणदर बढदै गएमा भीडभाड हुने सिनेमा हल, विद्यालयहरु बन्द सहितको स्मार्ट लकडाउन : स्वास्थ्यमन्त्री खतिवडा

बुष्टर खोप पनि अघि बढाउने अनुमति

काठमाडौं पुस २३,
पछिल्लो समय नेपालम कोभिड संक्रमणको ओमिक्रोन भेरियन्ट भेटिएसंगै आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकलाइ सम्बोधन गर्दैप्रधानमन्त्री शेरबहादुर देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तैउहाँले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरुको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिदै सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरुको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउनुका अलावा संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन निर्देशन दिनुभएको हो ।

बैठक पछि सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आजको बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको जानकारी सहित बैठक मुलत बढ्दो ओमिक्रोनको संक्रमण रोक्न अपाइनुपर्ने सावधानीका विषयमा छलफल भएको जानकारी दिदै यहि रफ्तारमा संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल गर्नुका विकल्प नभएको बैठकको ठहर रहेको बताउनुभयो ।

त्यस्तै संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल भएको उहाँको भनाइ रहेको थियो ।