शनिबार, बैशाख ८, २०८१

एमाले अध्यक्ष ओलीलाई कोभिड संक्रमण

काठमाडौ माघ ९,

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष ओलीमा कोभिडको लक्षण देखिएपछि  शनिवार गरिएको एन्टिजेन   परीक्षणको क्रममा ओलीलाई सङ्क्रमण पुष्टि भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको जानकारी दिनभयो ।

त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन मार्फत पार्टीो धारणा सार्वजनिक गर्ने पूर्व निर्धारित कार्यक्रम समेत स्थगन गर्दै पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने एमाले मुख्यालयले जनाएको छ।