बिहिबार, बैशाख १३, २०८१

एमसीसीको सवालमा नेताहरूवीच बाक्लिएको छलफल,प्रचण्डको संशोधन प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक

काठमाडौं माघ १७,
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भएको एमसीसी लगायतका विषयवस्तु केन्द्रीत भेटवार्ताको क्रममा एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने भन्दै राखेको प्रस्तावप्रति प्रधानमन्त्री देउवाले सकारात्मक जनाउ दिएको थाहा भएको छ।

पछिल्लो समय एमसीसी पारितका सत्तासाझेदारवीच निकै घनिभूत छलफल हुँदै आएको छ । एमसीसी सम्झौता सदनमा दर्ता भइसकेको अवस्था भएपनि टेबुल हुन सकेको छैन गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने चर्चा चलेसंगै नेताहरूवीचको छलफल बाक्लिएको हो । छलफलकै त्र,ममा उहाँहरुवीच स्थानीय निर्वाचनको प्रसंगमा समेत विशेष कुराकानी भएको बताइएकोछ ।

त्यस्तै अर्का सत्तासाझेदल नकपा एका ध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।