शनिबार, बैशाख ८, २०८१

एकैपटक दुइ दर्जन भन्दा बढि एसएसपीको सरुवा -को काँहा ?

काठमाडौं पुस २३,
नेपाल प्रहरीका दुइ दर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षक [एसएसपी]को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय [मन्त्रीस्तर] को बिहीबार साँझ बसेको बैठकले एकैपटक दुइ दर्जन भन्दा बढि एसएसपीको सरुवा गरेको हो ।

एसएसपीको सरुवाभएसंगै महानगरीय अपराध महाशाखाको प्रमुख महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख समेत फेरिएका छन् ।यसअघि अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीको स्थानमा ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अ र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो ।

यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।

यस्तो छ थप एसएसपीको सरुवा सूची :

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भीमप्रसाद ढकालको सरुवा गरिएको छ । विमानस्थलमा कार्यरत राजेशनाथ बाँस्तोलालाई भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्रदेश कार्यालय, तालिम केन्द्रमा कार्यरत एसएसपीको पनि सरुवा गरिएको छ ।