बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा मात्र ३ हजार ९ सय ३९ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं माघ ३,

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षण मार्फत पहिचान भएका ६,७३४ जना कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र ३ हजार ९ सय ३९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसमध्ये काठमाडौंमा २९४९, भक्तपुरमा २०१, ललितपुरमा ७९५ जना रहेको जानकारी दिनुको अलावा प्राप्त पछिल्लो डेटा अनुसार काठमाडौं जिल्लामा कोभिड संक्रमितको सख्या दुई लाख ७१ हजार ५१ जनामा पृष्टि भएकोमा दुई लाख ५४ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित संख्या १३८६ रहेको जनाएको छ ।

त्यस्तै भक्तपुरमा पुष्टि भएक ३१ हजार ९८२ जनामा संक्रमित मध्ये २९ हजार ६९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै ललितपुरमा पुष्टि भएका ५४ हजार ७९० जना संक्रमित मध्ये ५० हजार ५२३ जना संक्रमणमुक्त भएको जनाएका छन्।