शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा बालबालिका लक्षित कोभिड खोप अभियान सुरु

काठमाडौ पुस२५,
सरकारले आजबाट उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै पुगेर मोर्डना खोप लगाउदै बालबालिकाका लागि कोभिड विरुद्धको खोप अभियान सुरु गरेको छ ।

यसअघि सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरे अनुरुप आजबाट खोप अभियान शुरु गरेको हो।

परिवार कल्याण महाशाखाले भक्तपुरमा मोर्डना र फाइजर खोप अभियान आजबाट शुरु भएपनि काठमाडौंमा भने पुस २७ गतेबाट बालबालिकालाई खोप दिने तयारी भएको जनाएको छ । प्रस्तुत खोप अभियान स्थानीय पालिकाहरुसँगको समन्वयमा सञ्चालन हुने जानकारी दिदै ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने जनाएको छ।