शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा आजबाट बालबालिकालाई कोभिड खोप लगाइदै

उपत्यकामा ३ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य

काठमाडौ पुस २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोभिड विरुद्ध १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप बालबालिकालाई खोप लगाइँदै छ। मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख उपत्यकाका सबै स्थानीय तहमा खोप लगाउने व्यवस्था गरिएको जनाएको छ।

प्रस्तुत खोप अभियान अन्र्तगत सकारले उपत्यकामा ३ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । यसअघि सरकारले ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाएको थियो। काठमाडौं उपत्यकासहित २० जिल्लामा फाइजरसँगै मोडर्ना खोप लगाउन थालिएको हो।

यसअघि बालबालिकालाई फाइजर खोप लगाइएका चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि छिट्टै खोप लगाइने मन्त्रालयले जनाएको छ। कोभिडको संक्रमण बढ्न थालेपछि सरकारले माघ १५ गतेसम्म विद्यालय बन्दको घोषणा गरेका छन ।