बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ३६९ सहित ९६८ जनामा कोभिड संक्रमण

काठमाडौं पुस २३,
पछिल्लो २४ घण्टामा ९६८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १४ हजार ९७१ जनाको पीसीआर विधिबाट परीषण गर्दा ५७२ र एन्टिजेन परीक्षणको क्रममा ३९६ जना गरि कुल ९६८ जनामा कोभिड संक्रमण पुष्टि भएको भन्त्रालयले जनाएको छ।

यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएको जनाउदै हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएकोछ । त्यस्तै यसवीचमा सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन।

त्यस्ते आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र ३६९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाकामा थपिएका संक्रमित मध्ये काठमाडौमा २८४ ललितपुरमा ६२ तथा भक्तपुरका २३ जना संक्रमित रहेको जनाएको छ ।