बिहिबार, चैत्र १५, २०८०

आज संक्रमितभन्दा डिस्चार्ज हुनेको सख्या बढी

काठमाडौं माघ १५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जना र ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जना गरि कुल ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा मन्त्तालयले ५ हजार ९४२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको जनाएको छ। साथै पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको जानकारीदिएका छन ।