शुक्रबार, चैत्र १६, २०८०

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यतापूर्वक मनाइदै

 पूर्व राजा ज्ञानेन्द्र शाह स्वयम बडामहाराजधिराज पृथ्वी नारायण शाहको शालीकमा माल्यार्पण गर्न सिंहदरवार जादै

काठमाडौ पुस २७,
आज ३०० औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा राजधानीको सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणको शालीकमा माल्यापर्ण सहितका क्रार्यकम सहित विभिन्न संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै छ

राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ ।
यद्यपी ३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज राजधानीस्थित सिंहदरबारको पश्चिम ढोकास्थित उहाँको शालीकमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम अन्र्तगत पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना पूर्खा बडामहाराजधिराज पृथ्वी नारायण शाहको शालीकमा पुस २७ गते १२ः ३० बजे माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो । तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले दिएको योगदान आर्फमा महत्वपूर्ण रहिआएको छ ।