बिहिबार, बैशाख १३, २०८१

आजबाट गुण एयरलाइन्सको काठमाडौ-सुर्खेतको नियमित हवाई उडान शुरु

काठमाडौं पुस १८,
नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट काठमाडौ सुर्खेतको नियमित हवाई उडान शुरु गरेको छ।गुणले सुर्खेतको लागि शुरूवातमा दैनिक एक उडान गर्ने भएको छ।

आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान सेवा सन्चालन गरीरहेको गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित हवाइ उडान शुरु गरिसकेकोछ। त्यस्तै गुणले पोखरा नेपालगन्ज भैरहवा र भरतपुरमा समेत दैनिक उडान भर्दै आइरहो छन ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडान थप गर्दै आन्तरिक हवाइ उदानमा उच्च स्तरको सेवा दिदै उडान भर्दै आइरहेको बताउनुभयो । त्यस्तै उहाँले उडानको शुरूवात देखिनै निर्धारित गन्तव्यमा यात्रुहरुबाट राम्रो साथ पाएसंगै गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको समेत बताउनुभयो ।