शुक्रबार, चैत्र १६, २०८०

आजबाट उपत्यकामा बालबालिका लक्षित खोप अभियान

अनुप प्रधान/ काठमाडौं पुस २७,  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोभिड विरुद्ध १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप बालबालिकालाई खोप लगाउन शुरु गरेको छ।

प्रस्तुत खोप अभियान अन्र्तगत सकारले उपत्यकामा ३ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । यसअघि सरकारले ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाएको थियो। काठमाडौं उपत्यकासहित २० जिल्लामा फाइजरसँगै मोडर्ना खोप लगाउन थालिएको हो।