शुक्रबार, बैशाख १४, २०८१

आगामी ३ दिन देशभरको मौसमी प्रणालीमा उतारचढाव हुने

काठमाडौं माघ ६ ,
मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पछिल्लो समय पश्चिमी वायुको प्रभाव बढ्दो रहेको जनाउदै यहि मौसमी प्रणालीको प्रभावका कारण आगामी तीन दिनसम्म देशभरको मौसमा उतारचढाव रहने जनाएको छ ।त्यस्तै महाशाखाले उपत्यकामा बिहान छिटफुट वर्षा हुनुको साथै चिसोको मात्रा अधिकतम रहेको महसुस गरिएको जनाएको छ ।

साथै महाशाखाले मुलुकको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाउनुको अलावा पश्चिम र पूर्वी तराई भेगमा हुस्सु रु कुहिरो लागेको जनाएकोछ । त्यस्ते देशभर आंशिकदेखि सामान्य बदली रहनुको अलावा पहाडी भेगका थोरै स्थानमा वर्षाको सम्भावना समेत औल्याएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान : 

२०७८ माघ ०६ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०८ गते  (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श   देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।