बिहिबार, बैशाख ६, २०८१

आगामी १८ माघसम्म सेवा संकुचन गर्ने सर्वोच्च फुलकोर्टको निर्णय

काठमाडौं माघ ४ ,

सर्वोच्च अदालत फुलकोर्टको आज बसेको   बैठकले आगामी १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो ।

त्यस्ते यसवीचमा न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोभिड संक्रमण देखिएपछि अदालतबाट प्रवाह हुँदै आएको सेवामा समेत समस्या सिर्जना भएसंगै आज फुलकोर्टो बैठक बस्दै सेवा संकुचन गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका  छन । त्यस्तै  यसवीचमा  बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको  सुनुवाई  संगै  मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही ,  भने  नियमित हुने जनाएको  छ।

यस्तो छ सेवा संकुचनबारे सर्वोच्चले जारी विज्ञप्ति :