बिहिबार, चैत्र १५, २०८०

आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने मन्त्रालयको निर्णय

काठमाडौं पुस २६ ,
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सीसीएमसी बैठको निर्णय अनुसार आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने भएको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।

‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, मन्त्रालयले जनाएको छ। आइतवार बसेको सीसीएमसीको बैठकले कोभिडको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।