शुक्रबार, बैशाख ७, २०८१

अध्यक्षमा निर्विरोध भएसंगै प्रचण्डले भने- पार्टीलाई सुदृढ बनाउने अभिभारा पूरा गर्नेछु

काठमाडौं पुस १९,
नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ८ औं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्याक्वैटमा आज बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन ।

पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रचण्डले बैठकलाइ सम्बोधन गर्ने क्रममा फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताउनुभएको छ। त्यस्ते उहाँले माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको बताउँदै पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने समयको माग रहेको जनाउ दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31