सोमवार, बैशाख ३, २०८१

१२ हजार ८ जनामा कोभिड संक्रमण , ८ को मृत्यु

काठमाडौं माघ ११,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १८ हजार १०३ जनामा पीसीआर परीक्षणको क्रममा ९ हजार ४३२ र ७हजार ८०६ जनामा एन्टीजेन परीक्षणको क्रममा २ हजार ५७६ जना गरि कुल १२ हजार ८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा मन्त्रालयले ३ हजार ४० जना संक्रमण मुक्त भएको र ८ जनाको मृत्यु भएको छ जनाएको छ । आज पुष्टि भएका कोभिड संक्रमितको मृत्युसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सख्या ११ हजार ६६९ जना पुगेको जनाएको छ।