बिहिबार, मंसिर १४, २०८०
Dashain

श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह

काठमाडौं पुस २६,
३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा जारी शुभकामना सन्देशमार्फत पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनैतिक अवस्थाको विश्लेषण संगै देशको अस्तित्वमा सिर्जित भएको संकट घडिमा श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको बताउनुभएकोछ ।

त्यस्तै जारी सन्देशमा उहाँराष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामीले असन्तुलनको परिणाम व्यहोरेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्९ ‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।

साथै उहाँले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्दै जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूुकै चयन गरे पनि राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुने जिकिर गनुृभएको छ। त्यसअर्थमा पनि प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्। सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गर्न नहुनेमा जोड दिदै नेपालीलाई स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपालीको वैभव पृथ्वीनारायण शाहबाट प्राप्त भएको उल्लेख गरेका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31