काठमाडौ माघ ११,
अस्पतालमा कार्यरत कर्मचारीलाई कोभिड सङ्क्रमण भएसंगै गत सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजबाट पुन ककोभिड विरुद्धको खोप अभियान आजदेखि सञ्चालन हुने भएको छ ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने तयारी भएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।
शुक्रराज ट्रपिकल अस्पतालमा कोभिड विरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज सहितको खोप अभियन सञ्चालन गर्दै आएको छ।