मङ्लबार, बैशाख ४, २०८१

मौसमी प्रणालीमा बढ्दो उतारचढाव अझै केही दिन कायम रहने

काठमाडौं पुस २८ ,
जल तथा मौसमविज्ञान विभागले पछिल्लो केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कारण देशका मौसमी प्रणालीमा उतारचढाव देखिएको जनाएको छ। मौसमा देखिएको उतारचढावसंगै चिसो समेत निकै बढेको जनाएको छ।

त्यस्तै विभागले पश्चिमी न्यूनचापीय प्रणालीकै प्रभावका कारण अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको जानकारी दिदै यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जनाएको छ ।

यद्यपी आगामी शुक्रबारदेखि अझै नयाँ मौसमी प्रणालीको विकास हुने जनाउदै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै बढ्दो चिसोको कारण विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गर्दै बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस रहेको जनाएको छ ।