मङ्लबार, जेष्ठ ३, २०७९

पठाओ राईडरलाइ लुटपाट गर्ने तामाङ र राई पक्राउ

ललितपुर माघ १०,   
पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर-२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका(२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका-३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् ।

कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पुर्‍याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको जनाउदै   निजहरु उपर  थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31