काठमाडौं माघ ८,
ईक्याव नेपालले नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सुपथ मुल्यमा ट्याक्सी सेवाको शुभारम्भ गरिएको छ । क्यूआर कोड एप सहितको पहिलो ट्याक्सी सेवाको शुक्रवार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच शुभारम्भ गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदनै भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्नुको अलावा यो एपका प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ्ग गर्न सक्ने व्यवस्था रहेको जनाएकोछ ।
त्यस्तै भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ्ग गर्न सक्ने सुविधा समेत रहेको ईक्याव नेपालको प्रस्तुत सेवा
नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेका प्रयोगकताले समेत सहजरुपमा उपभोग गर्न सक्नेछ जानकारी दिइएकोछ । साथै इन्टरनेटको पहुँच नभएको खण्डमा कल सेन्टरमा फोन गरेर समेत सेवाग्राहील यो सेवाको उपभोग गर्न सक्ने जानकारी सहित कम्पनीले एप प्रयोगका लागि सहज र सुरक्षित २ तहको आधिकारिक प्रयोग विधि निर्धारण गरिएको यो सुविधा प्रयागको क्रममा यात्रुले चालकसंग यात्रा सुरु गर्नुअगाडि राइड भेरिफिकेशन कोड निश्चित गर्न गर्नुको अलावा यात्राको क्रममा यात्रुको गनतव्य समेत साथी परिवारलाई एसएमएस वा ईमेलबाट तत्काल प्रवाह गर्दछ ।
चालक सहकर्मी र कानूनी तथा सवारी सम्बन्धी डकुमेन्टहरु इक्याब नेपालले भेरिफाइ गरिनुको अतिरिक्त प्रयोगकर्ताले ईक्याब नेपालका स्टेिल पार्टनर तथा हस्पिटालिटी सेन्टरहरुबाट आकर्षक छुट पनि प्राप्त गर्न सक्ने जनाएकोछ ।