सोमवार, बैशाख ३, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक :राष्ट्रिय सभाका लागि यी हुन काँग्रेसका उम्मेदवार

काठमाडौं पुस १९,
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन लक्षित हुँदै सत्ता साझेदारवीच आज भएको बैठक लगत्तै नेपाली काँग्रेसले आफ्नो भागमा परेको ६ सिटका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठक मार्फत राष्ट्रियसभाका लागि टुंगो लगाएका ६ उम्मेदवार क्रमस प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र रहेका छन ।

राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अन्र्तगत पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।