शुक्रबार, जेष्ठ ६, २०७९

ओमिक्रोनको बढ्दो संक्रमणसगै सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज

काठमाडौं पुस २९ ,

गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो ।

बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ :‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने ।

मन्त्रालयले सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरुबाटै नै प्रवेश दिने जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31