शनिबार, माघ १५, २०७८

आयोगको सर्वदलीय बैठक : स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्था अनुरुप हुनुपर्नेमा जोड

काठमाडौं पुस ३०,
निर्वाचन आयोगको आव्हानमा आज बसेको सर्वदलीय बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन, मतदाता नमावली संकलन र स्थानीय तहको निर्वाचनको विषयमा विशेष छलफल भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी उक्र बैठकमा आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ऐन, कानुन र संवैधानिक व्यवस्था केन्द्रीत प्रस्तुति राख्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठमा सहमभागीदलका पतिनिधीहरुले पछिल्ले समय बढ्दो कोभिड जोखिमका कारण राष्ट्रियसभा निर्वाचनको समयमा अपनाइनुपर्ने स्वास्थ्य सावधानी संगै मतदान केन्द्र समेत थप गर्नु पर्ने र स्थानीय तहको निर्वाचन समेत ऐन, कानुन र संवैधानिक व्यवस्था अनरुप हुनुपर्नेमा जोड दिएको आयोगले जनाएको छ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, जसपा नेपाली जनता दल, नेपाल परिवार दल, लोसपा , विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राजमो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधि सहभागि रहेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31