मङ्लबार, जेष्ठ ३, २०७९

आफ्ना सदस्य व्यवसायी विरुद्ध एकतर्फी रुपमा पक्राउ पुर्जी जारी गरेपछि महासंघ आन्दोलित

काठमाडौं माघ १५,  
चितवन राष्ट्रिय निकुञ्जले निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोकको टिकौली जंगल नजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी गरेको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण सहित प्रस्तुत प्रकरणप्रति   आपत्ती प्रकट गरेको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गत माघ ९ गते गैंडा फसेर मरेको भन्दै उक्त आयोजनाका ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक विस्तारको जिम्मा लिएको इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरे पछि महासंघ आन्दोलित बनेको हो ।

त्यस्तै  महासंघले शुक्रवार जारी गरेको विज्ञप्तिमा संयोगको घटनालाइ अतिरञ्जित गर्दै आयोजनाका ठेकेदार इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्का विरुद्ध बदनियत एवम् नियोजित रुपमा प्रचलित कानुन विपरित तमाम निर्माण व्यवसायीको मनोवल गिराउन नियतले रचिएको परिपञ्चको घोर भत्सर्ना गरिएको छ।

 साथै  टिकौली जंगल नजिक सडक नालीको छेउमा कंक्रितको नाली बनाइसकेपछि सेट हुन लागि छोडिएको अवस्थामा उक्त  भव्यतव्य घटना भएको जान्दाजान्दै   निकुञ्जले भने ठेकेदार कम्पनीको लापरवाहीका कारण घटना नभएको जिकिर सहित ठेकदार कम्पनीले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको भन्ने जस्तो कपोकल्पीत भ्रामक सूचना संगै यो वा त्यो नाममा प्रस्तुत घटनामा ठेकदार कम्पनीलाइ आरोपी बनाउदै हुँदै आएको बदनियत व्ववाहर प्रति महासंघले गम्भीर चासो चिन्ता व्यक्त गरेको हो  ।

साथै विश्वमानै दुर्लभ एक सिङ्गे गैडाको मृत्यु प्रति दुख व्यक्त गर्दै घटनाको छानविनका लागि मन्त्रालयद्दारा वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा गठित कार्यदलमा महासंघको प्रतिनिधी समेतको सहभागीतामा निष्पक्ष छानविन गर्न माग गरिएको छ। त्यस्तै एकतर्फीरुपमा व्यवसायीमाथि लालछना लगाउने क्रम र नरोकिए महासंघ आफ्ना सदस्य व्यवसायीको सुरक्षा लागि जुन सुकै कदम चाल्न समेत बाध्य हुने जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31