शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका २४ खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाइ कोभिड खोप लगाइदै

काठमाडौ पुस १४,
सरकारले पछिल्लो समय उपत्यका केन्द्रीत हुँदै कोभिड विरुद्धको खोप लगाउने कामलाई तीब्रता दिएको छ। खोप भण्डारण बढ्दै गएपछि सरकारले खोप अभियानलाई तीब्रता दिएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाकामा १८ वर्षमाथिका सबै नागरिकका लागि लक्षित गर्दै विभिन्न २४ वटा खोप केन्द्र मार्फत भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप अभियान सञ्चालन गर्दै कोडि संक्रमणलाइ न्यूनिकरण गर्ने लक्ष्य लिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी कुल २४ खोप केन्द्रमार्फत १८ वर्षमाथिका सबै नागरिकलाइ कोभिड विरुद्धको खोप दिन जनाएको छ।

साथै मन्त्रालयले काठमाडौं जिल्लाको हकमा क्रमस सशस्त्र प्रहरीको अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सहिद मेमोरियल अस्पताल कंलकी, लोत्से भवन नयाँ बसपार्क, वीर अस्पताल, बयोधा अस्पताल बल्खु, निजामती कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक जडिबुटीबाट अभियान सञ्चालन हुने जनाएको छ ।

त्यस्तै ललितपुर जिल्लाको हकमा पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा, सैंबु स्वास्थ्य चौकी, बज्रबाराही चापागाँउ अस्पताल, बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र, लेले प्राथमिक स्वास्थ्य केन्द्र, लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, चौघरे स्वास्थ्य चौकी र गोटिखेल स्वास्थ्य चौकीलाइ खोपकेन्द्र तोकेको छ ।

त्यस्तै भक्तपुर जिल्लाको हकमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमी र ख्वप अस्पताल च्यामसिंहलाइ (बिदाको दिन बाहेक प्रत्येक दिन) खोप लगाइने  गरि खोप केन्द्र तोकेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930