शनिबार, बैशाख ८, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक: सुदृढ एकता कायम गरेर पार्टीलाइ अगाढि बढाउने संकल्प

काठमाडौं पुस १०,
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले १४औं महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा संचारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेको छ।

त्यस्तै बैठकले पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प सहित आसन्न् राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्वाचनको क्रममा कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय गरेको छ ।

त्यस्ते आजको बैठकले आयोगमा दल दर्ताका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई कार्यादेश दिएको छ ।