बुधबार, अशोज १७, २०८०

ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया सुवेदी दम्पति पक्राउ

काठमाडौं पुस ७ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका(४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका २ जना मुख्य बिचौलियालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेको अभियुक्तद्दय काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदीलाइ काठमाडौं कमलादीबाट र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदीलाइ ताहाचलबाट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्‍याएको भन्ने व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930