सोमवार, बैशाख ३, २०८१

आफ्नो साढे ४ वर्षको कार्यकालमा अपेक्षित रुपमा उल्लेख्य काम गर्न सफल भएका छौं : प्रमुख शाक्य

काठमाडौ मंसिर २६,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २७औं काठमाडौं महानगर दिवसको जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफु महानगर प्रमुखमा निर्वाचित हुँदै गर्दा चुनावी घोषणापत्र मार्फत घोषण गरेको १०० दिनमा १०१ काम शिर्षकमा अपेक्षित रुपमा उल्लेख्य काम गर्न सफल भए पनि चक्रपथको विस्तारको काम नसकिएका कारण महत्वाकाक्षी योजना मोनोरल बनाउन नसकिएको बताउनुभएकोछ ।

त्यस्तै महानगर प्रमुख शाक्यले आफ्नो साढे ४ वर्षको कार्यकालमा गर्न खोजिएका कतिपय काम तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा सम्पन्न हुन नसकेको बताउदै संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि अघि बढाउन नसकेको बताउनुभयो ।

साथै ढिलै भएपनि महानगरको प्रशासकीय भवन निर्माण सुरु गरिएको जानकारी सहति बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताउनुभयो । त्यस्तै महानगर उपत्यका विकास प्राधिकरणवीच तालमेल हुन नसदा धेरै कामकारवाही ​अवरुद्ध भएको जनाउ सहति उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गर्दा समेत कुनै सुनवाइ नभएको जनाउ दिनुभयो ।

त्यस्तै उहाँले महानगरपालिकाको तर्फबाट १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिनुको अलावा १४ दशमलव ६८ किलोमिटर सडक ढलान भएको, १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छापिएको जानकारी दिनुभयो ।

त्यस्तै गरि ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको जानकारीसंगै वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्वालयहरु निर्माणाधीन अवस्थामा छन् । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी ८ वटा वडाहरुको स्तरोन्नति गरिएको बताउनुभयो । त्यस्तै २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी दिदै ४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन गर्नुको अलावा महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।

५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण, नागरिकको स्वास्थ्य बीमा ‘वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटा वडामा नयाँ स्वास्थ्य क्लिनिकको स्थापना संगै वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवाको सुभारम्भ गरिएको बताउनुभयो । साथै कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटरसहित सामग्री तथा उपकरण प्रदान वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालन लगायतका महत्वपूर्ण कामभएको बताउनुभयो ।

यसैवीच पत्रकार सम्मेलनमा महानगर प्रमुख शाक्यले महानगर दिवसको अवसरमा दिवसको अवसरमा सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद, ‘सांस्कृतिक सहर, काठमाडौँ महानगर’ विषयमा विद्यालय स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जानकारी दिनभयो । त्यस्तै दिवसको अवसरमा गत वर्ष जस्तै परम्परागत बाजा गुरुहरुको सम्मान, उत्कृष्ट वडा कार्यालय घोषणा, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, स्थानीय सेवा गौरव पदक वितरण, करदाता सम्मान, कर्मचारी सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रमको आयोजना हुने बताउनुभयो ।