शुक्रबार, मंसिर १६, २०७९

तत्काल लकडाउनको कुनै सम्भावना नरहेको मन्त्रालयको जनाउ

काठमाडौँ मंसिर २० ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय विश्वको ४० भन्दा बढि देशलाय आक्रान्त बनाउँदै आएको कोभिड संक्रमणको विस्तारित स्वरुप नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा ७१ वर्षीय र ६६ वर्षीय दुई जनामा पुष्टि भएसंगै यत्र तत्र सर्वत्र वेलैमा लकडाउन गर्नुपर्ने आवाज बुलन्द भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउनको कुनै सम्भावना नरहेको जनाएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि लकडाउनको चर्चा चुलिएपनि लकडाउनको सवालमा  सरकारले कुनै पनि निर्णय नगरेको बताउनुभएकोछ ।

त्यस्तै उहाँले सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको जानकारी सहित अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने कार्यत्रलाइ ​चुस्त दुरुस्त बनाएको जानकारी दिदै मन्त्रालयले एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमूनाहरुको संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने कामलाइ प्राथमिकिकरण   जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न समेत मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ।