शनिबार, बैशाख ८, २०८१

८२ मतले पहिलो चरणमा सभापति निर्वाचित हुन देउवालाइ रोक्यो

काठमाडौं  मंसिर २८,
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि सोमवार भएको निर्वाचनमा पार्टी सभापतिको लागि प्राप्त मत परिणाम अनुरुप सभापतिका उम्म्मेदवार रहेको कुनै पनि उम्मेदवारको पक्षमा काँग्रेसको विधान अनुसार ५१ प्रतिशत मत नपुगेसंगै आज दोस्रो चरणको निर्वाचन हुने भएको छ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान मार्फत यसको निरुपण गर्ने तयारी भएको हो ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले   खसेको कुल ४ हजार ६७९ मतमा शेरबहादुर देउवा २ हजार २५८, शेखर कोइराला १ हजार ७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्दै गर्दा ७७ मत बदर भएको जनाएको छ।

यसवीचमा सभापतिका उम्मेदवार देउवालाइ थप ८२ मत प्राप्त भएको भए पहिलो चरणमानै देउवा निर्वाचित भएको घोषणा हुने थियो ।