शुक्रबार, बैशाख ७, २०८१

२६५ जना कोभिड संक्रमितको पहिचान हुँदै गर्दा ३५७ संक्रमित डिस्चार्ज

काठमाडौँ मंसिर २० ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा २६५ जना कोभिड संक्रमित थपिएको जानाी दिएका छन्। देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको हो ।

त्यस्तै मन्त्तालयले आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ भने यसमध्ये ६ हजार ३८६ जनामा सक्रिय संक्रमण रहेको जानकारी समेत दिएको छ ।

साथै यसवीचमा ३५७ जना संक्रमित कोभिड मुक्त भएको र योसंगै कोभिड संक्रमण मुक्त हुनेको सख्या ८ लाख ४ हजार ९०१ पुगेको जानकारीसंगै यहि अवधिमा २ जना संक्रमितको मृत्यु भएको जनाएको छ। त्यस्तै संक्रिय संक्रमित मभ्ये ११४ जना आइसीयूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930