बिहिबार, बैशाख १३, २०८१

 २५४ जना कोभिड संक्रमितको पहिचान, १ को मृत्यु

काठमाडौ मंसिर २६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५४ जना कोभिड संक्रमितको पहिचान भएको जनाएको छ । देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा २५४ जना संक्रमितको उपचार पछि डिस्चार्ज भएको जानकारी सहित यहि अवधीमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसतै मन्त्रालयले पछिल्लो समय ११८ जनाको आइसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारीदिनुको अलावा पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ५८० जनाले कोरोना विरुद्धको खोप लगाएको जनाएको छ ।