मङ्लबार, बैशाख ११, २०८१

२३८ जनामा संक्रमण पुष्टि हुँदै गर्दा ५ संक्रमितको मृत्यु

काठमाडौं मंसिर १८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको कोभिड अपडेट विवरणमा पछिल्लो २४ घण्टामा २३८ जना कोभिड संक्रमित थपिएको जनाएको छ। देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणको क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै मत्रालयले आज पहिचान भएको संक्रमितसंगैकुलको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै वितेको२४ घण्टामा ३९२ जना संक्रमित कोभिढ मुक्त भएको र योसंगै कोभिड निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको विवरण मन्त्रालयले दिएको छ।

यसवीचमा ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गर्दै योसंगै मृतकको सख्या संख्या ११ हजार ५४० पुगेको जानकारीदिएको छ। त्यस्तै पछिल्लो समय १०६ जनाको आइसीयू र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।