शनिबार, बैशाख ८, २०८१

१८४ जनामा कोभिड संक्रमित पहिचान हुँदै गर्दा २६७ जना डिस्चार्ज

काठमाडौं पुस १,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

यस्तै मन्त्रालयले यसवीचमा २६७ जना संक्रमित उपचार पछि डिस्चाजएको जनाउनुको अलावा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ जानकारी दिएको छ। साथै प्राप्त पछिल्ले डेटा अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेको यसमध्ये १११ जनाको आईसीयू र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।