बिहिबार, बैशाख १३, २०८१

संसद् बैठक शुरु भएलगत्तै नेकपा एमालेको अवरोध, अर्को बैठक पुस ६ गते

काठमाडौं मंसिर २८ ,
संघीय संसद्का दुबै सदनको आज बसेको बैठक शुरु भएलगत्तै नेकपा एमालेका सासदहरुले अवरुद्ध गरेका छन ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो संसदको अधिवेशन देखि माधव नेपाल नेतृत्वको नयाँ दल नेकपा एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्निप्रसाद सापकोटाले सघाएको भन्दै एमालेले संसद् निरन्तर अवरोध एमालेले आज बाट शुरु भएको संसदको दशौं अधिवेशनको बैठक समेत अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गर्ने बैठकको संभावित कार्यसूची अन्र्तगत सरकारका तर्फबाट पेश हुने ६ वटा विधेयक पेश गर्ने तयारी गरेको छ ।

प्रतिपक्षीदलको विरोधका वाजुद पनि सभामुख सापकोटाले संसद् बैठक अगाडि बडाउँदै गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो । त्यसपछि बैठक आगामी पुस ६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरि स्थगन गरिएको जनाउ दिनुभएको छ ।