बिहिबार, चैत्र १५, २०८०

संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै

काठमाडौं मंसिर २८ ,
संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ । सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो ।

त्यस्तै आज बस्ने बैठकका लागि संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा बैठकलाइ जानकारी दिने । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।

गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन० अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा [पहिलो संशोधन] अध्यादेश, २०७८’ पेस गर्ने ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, पेस गर्ने लगायतका कार्यसूची रहेको छ।