मङ्लबार, बैशाख ४, २०८१

लुम्बिनी प्रदेशको पालिकामा दायित्वको आर्थिक सुशासनका लागि नेतृत्व विषयक प्रशिक्षण

राजनैतिक र प्रशासनिक नेतृत्व सहकार्यबाट मुलुकको अर्थतन्त्रमा  दिगो विकासको मार्ग पहिल्याउँन सकिन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं पुस १० ,
लुम्बिनी प्रदेशको ३ वटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र अन्य अधिकारीहरुका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक दुई दिने प्रशिक्षण दिइएकोछ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिईएको यस दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीहरुको सहभागीता रहेको प्रशिक्षण र्काक्रमका आयोजक संस्था दायित्वद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रशिक्षण कार्यक्रमको समापनसत्रलाइ सम्बोधन गर्दे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मुलुकमा उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन संगै उत्पादनशील बनाउन राजनैतीक र प्रशासनिक नेतृत्व सहकार्य अपरिहार्य रहेको र यसबाट मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार संगै दिगो विकासको मार्ग पहिल्याउँन सकिने बताउनुभएकोछ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रशिक्षणको पहिलो दिन मुख्य वक्ताको रुपमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले स्थानीय तहमा बसेर नीति निर्माण गर्दा अपनाउनुपर्ने विषयगत एजेन्दाको जानकारी दिनुभएको थियो ।

त्यस्तै स्थानीय जनप्रतिनिधि र अधिकारीहरुलाई यस किसिमको प्रशिक्षणले असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानून र स्थानीय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक(निजी साझेदारी, स्थानिय सरकारको वित्त व्यवस्थापन, सदाचार संस्कृतिजस्ता विषयमा अन्तरदृष्टिहरु प्रदान गरी यी मुद्दाहरुप्रति सचेत तथा संवेदनशील बनाउन सकनिे पक्षमा आफ्नो  अभिमत प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमको दोस्रो चरणको सत्रमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीस श्रेष्ठसंगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, जापानका लागि पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा, इपीआईका डेप्यूटी लिडर डा. हीरामणि घिमिरे, नेपाल सरकारका पूर्व सचिवहरु कृष्ण ज्ञवाली र काशी राज दाहाल, विश्व बैंक की यासमिन राजभन्डारी, स्थानीय वित्तपोषण विज्ञ पवन लोहनी र नेपाल लिडरशिप एकेडेमीको संस्थापक तथा प्रमुख प्रशिक्षक र दायित्वका संस्थापक अध्यक्ष डां पुकार मल्लले विभिन्न विषयगत प्रशिक्षण दिनुभएको थियो ।

साथै समापनसत्रमा काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापाले, “दायित्वले जनसेवकहरुलाई लक्ष्यित गरेर सञ्चालन गरेको यस आर्थिक सुशासन र नेतृत्व सम्बन्धि प्रशिक्षण निकै उपयोगी रहेको भन्दै विश्वविद्यालयले पनि स्थानिय शासन सम्बन्धि नयाँ कोर्ष बनाउनको लागि गृहकार्य गरिरहेको बताउनभएको छ ।

आर्थिक सुशासनका लागि नेतृत्व परियोजना अन्र्तगत आयोजित प्रस्तुत प्रशिक्षणबाट युवा रोजगारीलाई प्रवर्द्धनसंगै स्थानीय सरकारहरूले आफ्ना समुदायहरूमा सक्रिय भूमिका खेल्न सकुन भन्ने उद्देश्यले पालिका तहमा समावेशी आर्थिक वृद्धिलाई थप गति प्रदान गर्ने रहेको जानकारीदिदै गैर नफामुखी, गैर सरकारी नेपाली संस्था दायित्वले जनाएको छ ।

दायित्वले मुलत उद्यमशील नेपालको परिकल्पना गर्दछ जहाँ हरेक व्यक्तिसँग समृद्ध भविष्यको अवसर हुनेछ । सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १४१ नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानिय तहमा नीति अनुसन्धान सहयोग पु¥याएको छ । साथै, दायित्वले नेपालको तीनवटा प्रदेशका ६५ वटा विकास उन्मुख ग्रामीण उद्यमहरु लाई द्रुतीकरण गर्दै उद्यमीहरुलाई व्यापारमा नवप्रवर्तन ल्याउने, कम ब्याजदरमा क्रृण उपलब्ध गराउने र रोजगारीका अवसरहरु सिर्जना गर्दै आइरहेका छन ।