शुक्रबार, चैत्र १६, २०८०

रु ५ लाख राशिको कृषितारा पुरस्कारबाट धादिङ धुनिवेसीका कृषक न्यौपाने पुरस्कृत

काठमाडौँ मंसिर २४,
वर्ष ०७८ को कृषितारा पुरस्कार धादिङको धुनिवेसीस्थित चेतना किसान तथा पशुपक्षी विकास केन्द्रका कृषक युद्धप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ। प्रमाणपत्रसहित नगद रु ५ लाख राशिको उक्त पुरस्कार नेपालस्थित इजरायली दूतावास र अवसर फाउन्डेशनले इजरायलमा कृषिसम्बन्धी पछिल्लो प्रविधीयुक्त तालिम लिई स्वदेश फर्केर कृषि उद्यममा लागेका कृषकलाइ प्रदान गर्ने लक्ष्य सहित स्थापना गरेको हो ।

विहिवार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका वीच कृषि विज्ञ सहित नेपालका लागि इजरायली राजदूत हनान गोडेर सदस्य रहेको निर्णायक समितिको निर्णय अनुरुप कृषक न्यौपानेलाई कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राए यादवले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

त्यस्तै पुरस्कार वितरण पछि कार्यक्रममा लाइ सम्बोधन गर्दै मन्त्री यादवले इजरायल सरकारबाट नेपालको कृषि क्षेत्रको उत्थानका लागि प्राप्त सहयोगको चर्चा गर्दै कृषि क्षेत्रमा इजरायलले प्रयोग गर्दै आएको प्रविधि भित्र्याउँदै कृषिक्रान्ति थालनी गर्न विलम्ब गर्न नहुनेमा जोड दिदै आधुनिक कृषि प्रणाली सहितको खेतीका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउँनुभयो ।

त्यस्तै कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत गोडेरले नेपालको कृषि क्षत्रको विकास लागि इजरायल सरकारले सक्दो सहयोग गर्ने बताउँदै आजको मिति सम्म करिव ४ हजारको सख्यामा नेपाली कृषकले तालिम लिइसकेको जानकारी दिदै भविष्यमा यो सख्या अझ वृद्धि हुने बताउँनुको अलावा यो वर्ष “सीप सिक्नका लागि थप ३५० नेपाली इजरायल प्रस्थान गर्ने तयारीमा रहेको बताउनुभयो ।

बाँकी प्रतियोगिमा क्रमस झापाका विजय गाँउले, मोरङ्गका प्रविन राजवंशी, दक्षिकालीका रमहरि रिजाल, मकवानपुरका, ससिन कर्माचार्य धादिङ्गका शंकर सिलवाल, धादिङ्गकै अनिल दानी, कैलालीका नविन जोशी चितवनका दिपनारायण रावत र अर्खाखाँचीका वावुराम केसी सहभागी रहेका थिए । साथै कार्यक्रममा अन्य सहभागी कृषक समेतलाइ प्रमाण पत्र प्रदान गरिएको थियो ।