शनिबार, बैशाख ८, २०८१

राप्रपा महाधिवेशन : नयाँ नेतृत्वको लागि आजबाट निर्वाचन प्रक्रिया शुरु

काठमाडौं मंसिर १६,
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनको प्रक्रिया आजबाट सुरु हुँदै छ बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया शुरु हुन लागेको हो ।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आवश्यकता औल्याउँदै तथस्त बसेको छन ।

बुधवार उदघाटन सत्र सकिएलगत्तै काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बन्दसत्रमा देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा। लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्र उपरको छलफल सकेलगत्तै नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् । महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् भने पार्टीको विधानत व्यवस्था अनुरुप निर्वाचित अध्यक्षले ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने व्यवस्था रहेको छ ।