मङ्लबार, बैशाख ११, २०८१

यी हुन काँग्रेसको मधेसी खुला र महिलातर्फका निर्वाचित उम्मेदवार

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं पुस ६,
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गर्दै अजय चौरसिया २५ सय २२ मत प्राप्त गरि निर्वाचित हुँदै गर्दा २२ सय ६ मत प्राप्त गरि अर्का उम्मेदवार अर्थात चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी निर्वाचित भएका हुन् ।

त्यस्तै गरि तेस्रो स्थानमा रहेर चन्द्रमोहन यादव २१ सय ३८ मतसहित निर्वाचित भएका छन भने महेन्द्रकुमार रायले १९ सय ८४ मत ल्याएर चौथोस्थानमा निर्वाचित हुँदै गर्दा दिनेशकुमार यादव १९ सय ५९ मतसहित पाँचौं स्थानमा निर्वाचित भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ। यसमध्ये चन्द्रमोहन यादव बाहेक सबै देउवा प्यानलका उम्मेदवार हुन। कुल २३ जना उम्मेदवारवीच भएको प्रतिस्पर्धामा ५ जना उम्मेदवार
निर्वाचित भएको हो ।

यसैवीच महिला मधेसीतर्फका ५ उम्मेदवारमध्ये ४ जना उम्मेदवारहरु क्रमस मुक्ताकुमारी यादव ३९ सय ६९, मिनाक्षी झा ३ हजार १२, मञ्जुकुमारी यादव २८ सय ८३ र नागिना यादव २८ सय ४६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ।