बिहिबार, बैशाख १३, २०८१

यस्तो छ काँग्रेस १४ औं केन्द्रीय महाधिवेशनको तयारी

-शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्ने
-केन्द्रीय पदाधिकारी लागि विद्युतिय मतदान मार्फत मतदान र बाँकी सदस्यहरुको लागि व्यालेट प्रयोग गर्ने तयारी
-क्यामेरा पर्सन वाहेक अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टर मार्फत समाचार संकलनको व्यवस्थापन
-महाधिवेशनस्थलको सुरक्षार्थ भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना स्वयम्सेवकको परिचालन
-मतदाता नामावली २४ गते पार्टी मुख्यालय सानेपामा प्रकाशन गरिने

काठमाडौं मंसिर २१ ,
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व तयारी अन्र्तगत पछिले समय राजधानीस्थित भृकुटीमण्डपमा धामाधम आवश्यक तयारी हुँदै गरेको छ। महाधिवेशनको औपचारिक उद्घाटनका मञ्च निर्माण देखि बन्दसत्रका लागि कभर्डहलको सभाकक्ष प्रयोग हुने काँग्रेस मुख्यालयले जनाएको छ।

शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्ने  काँग्रेसको प्रस्तुत महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब ५ हजारको हाराहारीमा रहने बताउदै प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित विशेष पाहुनाको सवारी पार्किङ भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको जनाउदै महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा अन्य कुनै पनि सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

त्यस्तै पछिल्लो समय केन्द्रीय पदाधिकारी लागि विद्युतिय मतदान मार्फत मतदान र बाँकी सदस्यहरुको लागि व्यालेट प्रयोग गर्ने तयारीमा रहेको काँग्रेस महाधिवेशका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृहमा व्यवस्थापन  मिलाइएको जानकारी दिदै क्यामेरा पर्सन वाहेक अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टर मार्फत समाचार संकलनको व्यवस्थापन गरिएको जानकारी दिएको छ।

त्यस्तै मतदाता नामावली २४ गते पार्टी मुख्यालय सानेपामा प्रकाशन गरिनेछ छ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गतेका लागि तय गरिएको छ। त्यस्तै मनोनयन पत्रमाथि दाबी विरोध दर्ता २६ गतेका लागि निर्धारण गरिएको छ भने उम्मेदवारको वर्णानुक्रम नामावली प्रकाशन र मनोनयन फिर्ताको कार्यक्रमसंगै उम्मेदवारको अन्तिम नामावली प्रकाशित र २७ गते बिहान आठ बजेबाट मतदान सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

साथै महाधिवेशन प्रतिनिधिको आवास सुविधाका लागि सुन्धारा, ठमेल, गोङ्गबु नयाँ बसपार्क र सिनामङ्गललगायत क्षेत्रस्थित होटलमा व्यवस्थापन गरिएको जानकारी सहित काँग्रेस महाधिवेशनस्थलको सुरक्षार्थ भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना स्वयम्सेवकको परिचालनसंगै महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा विशेष सुरक्षा योजना सहित सुरक्षाकर्मी परिचालन हुने भएकोछ ।