बिहिबार, बैशाख १३, २०८१

मालपोत कार्यालय, चनौलीका अधिकृत पौडेल र अमिन कठायत घुस रकम सहित रङ्गेहात पक्राउ

काठमाडौं मंसिर १५,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दाको अवस्थामा मालपोत कार्यालयका प्रमुख मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दाको अवस्थाम रङ्गेहात पक्राउ गरेको छ ।

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै जारी विज्ञप्तिमा करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग घुस माग गेपछि अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेसंगै आवश्यक छानविनको क्रममा मालपोत कार्यालयका प्रमुख पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन कठायतलाई घूस रकम सहित पक्राउ गरेको हो ।

अख्तियार टोलीले प्रमुख पौडेलका साथबाट रु ५० हजार नगद सहित कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दाको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो भने अमिन कठायतका साथबाट रु ३ लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार रकम सहित भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको  हो ।