शुक्रबार, बैशाख ७, २०८१

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न कटुवाल पक्राउ

काठमाडौं पुस ८,
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका(३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ ।

कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको काममा सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी पीडितलाई २०७८ बैशाख १२ गते दुबई हुँदै सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुर्‍याएकोमा पीडित बिरामी भई काम गर्न नसक्ने हुँदा कुनै प्रकारको उपचार नगराई पानी जाहजमानै राखेकोमा २०७८ असोज २ गते पीडितको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसतै प्रहरीले मृतकको शव नेपाल झिकाउने सम्बन्धमा पीडितका परिवारले अनुरोध गर्दा समेत शव ल्याउनको लागि ४० लाख रुपैयाँ लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ति दिलाउने काममा समेत असहयोग गरेको घटनामा संलग्न कटुवाललाई प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका(३ बाट पक्राउ गरेको जनाउदै निजउपर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930