बिहिबार, बैशाख १३, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस, अर्को बैठक दिउँसो ३ बजे

काठमाडौं पुस ९,
नेकपा माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडा बसेको  बैठकमा  पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुने राष्ट्रिय सम्मेलन केन्द्रीत राजनीतिक प्रतिवेदन   पेस गर्नुभएको  छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार  बैठकम   पेश भएको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुको  तर्फबाट  सुझाव संकलन गर्दै प्रतिवेदनलाई पूर्णता दिने तयारी  रहेो  जनाउदै    माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

त्यस्तै आसन्न राष्ट्रिय सम्मेलन मार्फत माओवादी केन्द्रले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदन माथि घनिभुत छलफल गर्ने तयारी  अनुरुप विहान बसेको  बैठक  पुन आजै अपरान्ह  ३  बजेपछि बस्ने गरि स्थगन गरिएको   जानकारी समेत  पार्टी प्रवक्ता  महराले दिनभयो । त्यस्ते उहाँले बैठक स्थगनको सवालमा प्रष्टोक्ति दिदै आज दिउँसो  माओवादी केन्द्र र नेकपा  मसाल बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता घोषणा सभाको  कार्यक्रम समेत रहेका कारण कारण  बैठक स्थगन गर्नु परेको  जानकारी दिदै त्यस पछि पुनस्थायी समितिको बैठक बस्दै थप नितिगत निर्णय गर्ने जानकरी दिनुभयो ।